मधेशटप डेस्क,

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा किसानलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

किसानले रीपर बाइंडर कृषि यंत्रको लागि आवेदन दिएपछि मन्त्रालयबाट कृषि अनुदान कार्यक्रम अन्तर्गत कृषि यन्त्र प्रदान गरिएको छ । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आजको समयमा कृषि कार्यको लागि कृषि यंत्रको महत्त्व बढदै जादा एकदमै उपयुक्त रहेको बताए ।

मन्त्री साहले आधुनिक युगमा किसानको लागि फसल कटाईको लागि विभिन्न प्रकारको कृषि यन्त्र उपलब्ध रहेको बताए । यस कृषि यन्त्रको सहयोगले किसान कम समयमा कृषि कार्यको सम्पुर्ण कार्य गर्न सकिन्छ ।

उक्त यन्त्रको कार्यमा लागत बाहिर मार्केट्मा १२ लाख २५ हजार पर्ने उक्त यन्त्र किसानलाई भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालाय का सचिब डा. सम्झना काफ्लेद्वारा किसानलाई हस्तान्तरण गरिएको छ । कृषि यन्त्र खरिदको लागि बढी रकम लाग्ने भएको कारणले धेरै जस्तो किसन कृषि यन्त्रको प्रयोगबाट बन्चित हुँदै आएको देखिन्छ ।

 

यस्तैमा प्रदेश सरकारले यस समस्याको समाधानका लागि किसानहरुको लागि अनुदानमा कृषि यन्त्र दिने योजना चलाउदै छ, जस कारण धेरै किसानहरु यस कृषि अनुदान कार्यक्रमबाट लाभान्वित हुँदै आएका छन् ।

किसानको अनुदानमा कृषि यन्त्र दिनको लागि समय-समयमा आवेदन मन्त्रालयबाट आवेदन माग्ने गरिन्छ । जसबाट किसान आवश्यक कृषि यन्त्र लिन सक्छ ।

प्रदेश २ का जिल्ला अन्तर्गत कृषि ज्ञान केन्द्रद्वारा रीपरबाइंडरको अहिले धनुषाको सबैलामा एक किसान लाई ७५ प्रतिशत अनुदानमा र धनुषाको मुखियापट्टि मुशहरनियामा एक किसनलाइ प्रदान गरिएको कार्यलयका प्रमुख साहले बताए ।