महोत्तरी :  महोत्तरीको गौशालामा प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले आज प्रेसमिट गरेका छन् जसमा उनले संचार क्षेत्र र यसमा कार्यरत संचारकर्मी हरुको समस्या तथा गुनासोहरु सुनेका छन् ।

पत्रकारहरुले आफ्ना समस्या राख्दै भनेका छन् ,”संचार माध्यम र संचारकर्मीहरुको अवस्था निकै कमजोर रहेको र यसलाई राम्रो बनाउनको लागि प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरि छ ।”

यसप्रति नवनियुक्त आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले भने ,”अब संचार माध्यम र संचारकर्मीहरुको लागि प्रदेश २ को सरकार केहि नया कुराहरु ल्याएर जर्जट अवस्थामा रहेको संचार माध्यमको र संचारकर्मीहरुको लागि तालिम र लोक कल्याणकारी बिज्ञापन लगायत अन्य सुबिधाहरु ल्याउने छौ “भनेर बताएका छन् ।