वीरगञ्ज :  जिउँदै मानिसलाई मृ त घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तो ड फो ड भएको छ ।वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया मुटु रोगी रमितादेवीलाई जीवितमै मृ त घोषणा गरेको भन्दै अस्पतालको इमरजेन्सी कक्षमा तो ड फो ड तथा स्वास्थ्यकर्मीमाथि कु ट पि ट भएको हो।

मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आ क्र म ण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् ।

प्र द शर्न’का री’को आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्र द शर्न’का रीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम प क्रा उ परेका हुन् ।

चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । ‘अस्पतालले मृत घोषित गरेको मानिस ज्यूँदै रहेको भन्ने परेछ’ उनले भने, ‘पुनः अस्पताल ल्याएर होहल्ला, तोडफोड गरेछन्, चार जनालाई नियन्त्रणमा लिए अनुसन्धान शुरु गरेका छौं ।’

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृ त घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।

‘अस्पताल ल्याएलगत्तै चिकित्सकले चेकजाँच पछि रमितालाई मृत घोषित गरेका थिए । परिवारका सदस्यहरुले शंका लागेर पुनः ल्याउनुभएछ । ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आ क्र म ण गरे ।’

प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।

दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।अनलाईन खबर बाट