सुनसरी, १८ साउन । सुनसरीमा एसिड आक्रमण भएको छ । सुनसरीमा एसिड आक्रमण हुँदा दुई महिलासहित चार घाइते भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनसरी बराहा नगरपालिका-३ का रोमन धामीले आफ्नै श्रीमती सरस्वती बस्नेत, छिमेकी श्यामकुमारी धामी, सुमनराज धामी र सुजनराज धामीमाथि एसिड प्रहार गरेका हुन् ।
रोमनले श्रीमती सरस्वतीलाई लखेट्दा उनी छिमेकी श्यामकुमारीको घरमा पसेको र छुट्याउने क्रममा सुमन र सुजनमाथि पनि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेहरूको म्याक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रोमनलाई प्रहरीले पक्राउ गरेको छ । एसिड आक्रमण, कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा रोमनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । News source:-(OB)
Discussion about this post