सिरहा :  सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकटटी ५र ६  तथा धनगढीमाई १२  मा खानेपानीको समस्या साउनमा देखिन थालेको छ ।

स्थानिय धमनी खानेपानी बोरिङ अर्थात् डिप टटुवेलबाट स्थानिय गाउँहरू मगर टोल , गुढी टोल , विष्णुपुर , ठटीया लगायतका मानिसहरूले खाने पानीको लागी प्रयोग गर्दै आएको डिप ट्युवेलमा पानीको सतह एका एक घटेपछि पानीको हाहाकार भएको स्थानिय रामलखन यादवले बताउनुभयो ।

यतिबेला पानीको लागी स्थानियहरु घरभन्दा करिब 20 मिनेटको बाटो पार गरेर पानीको लागी सास्ती भोग्नु परेको हो । विगतमा इनार , कुवा ,खोलामा खानेपानीको लागि भर पर्ने स्थानियहरुलाई यतिबेला फेरि बज्रपात परेको अनुभव भएको छ ।

स्थानिय सरकार आएपछि ठाउँ ठाउँमा द्वीपटुवेलको सामान्य व्यवस्था मिलाएता पनि व्यवस्था दीर्घकालीन नहुँदासम्म जनताले सास्ती भोग्नु पर्ने वाध्यता नियमित रूपमा रहने भएकोले तत्काल स्थानिय सरकारले स्थायी उपाय सोच्नुपर्ने आवस्यकता महसुस गरिएको छ ।