धर्मेन्द्र कुमार यादव

महोत्तरी । गत असार २७ गते सेफ्टी ट्ंयाकी मुनि गाडिएको अवस्थामा शव फेला परेको सुजिता ठाकुरको हत्यामा उनको आफ्नै बुवाको संलग्नता रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनको बुवा कामेश्वर पाण्डे सहित सोमवार थप तिनजनालाई सार्वजनिक गरेको छ ।

यस भन्दा पहिले सोहि घटनामा मृतकका देवर रुपेश ठाकुर सहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेको थियो, हालसम्म सोहि घटनामा सातजना प्रहरी नियन्त्रणमा छन । यता अझै केहि थप आरोपी भएपनि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सोमवार पत्रकार सम्मेलन गर्दै मृतकका बुवा पाण्डेले आफ्नै छोरीलाई मार्न पटक पटक रुपेश ठाकुरलाई भनेको अनुसन्धानको क्रममा अडियो प्राप्त भएको बताए ।

यता मृतकका बुवाले घटना लुकाउन बार्गेनिंग समेत गरेको अनुसन्धानमा खुलेको एसपी आचार्यले वताए । उनले मृतककै नन्द भंगहा न.पा. १ वस्ने ३५ वर्षिया अंजु ठाकुरले घटना थाहा पाएर समेत लुकाएको आरोपमा पक्राउ परेकि समेत बताए ।

यता सोहि घटनामा शव व्यवस्थापनमा संलग्न रहेको भनि जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षिय प्रमोद भन्ने विनोद मण्डल समेतलाई पक्राउ गरिएको बताए ।