दाङ । दाङमा प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरीकलाई प्रकाउ गरेको छ ।गढवा गाउँपालिका–१ कालाकाँटेबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का २२ वर्षीय करमुल्हाल आमिर र सोही ठाउँ बढानी–८ का १९ वर्षीय राजा खानालाई पक्राउ गरेको हो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रहरीले उनीहरुको साथबाट सिल्भर रङ्गको स्वचालित पेस्तोल १ थान, त्यसको २ थान म्यागजिन, २ राउन्ड गोली र ३ थान मोबाइल बरामद गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा   पोशाकमा खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको हो ।उनीहरु हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।