मधेशटप डेस्क,

सप्तरी :  स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले  बिष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुर  बजारमा कृषि हाट बजारको उद्घाटन कार्यक्रम  सम्पन्न  भएको छ ।

रन्जितपुरमा  उपभोक्तालाई लक्षित गरी निर्माण भएको आधुनिक  तरकारीको हाट बजारको आज उद्घाटन  सम्पन्न भएको छ।

सप्तरीको  बिष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुर  बजारमा कृषि हाट बजार निर्माण भएको सो बजारको बुधबार प्रदेश न .२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  उद्‍घाटन भयो ।

१५ धुर क्षेत्रफलमा बिष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुरमा  निर्माण गरिएको बजारमा  २५ लाख रुपैयाँ खर्च भएको र यो रकम प्रदेश न. २ का  भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय  स्वकीय सचिब दुर्गा साहले  जानकारी दिए।

प्रदेश २ सरकार  अन्तर्गतको तत्कालिन व्यवसायिक कृषि तथा व्यापार  अव्यवस्थित रुपमा संचालनमा रहेको तरकारी बजारलाई व्यस्थित बनाउन एकीकृत तरकारी बजार निर्माणले सहयोग  पुर्‍याउने विश्वास समेत कृषि मन्त्रि साहले  लिएको छ।

बजारमा प्रदेश नम्बर- २ का सप्तरी स्तिथ रन्जितपुरमा   तरकारी  बजार  मापदण्ड अनुसार भएको बताइएको छ ।बजारको उद्घाटन गर्दे कृषि मन्त्रि साहले  कृषिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड पनि दिदै मन्त्रि साहले  बताए।

त्यस्तै बजार उद्घाटनकै क्रममा मधेश आन्दोलनमा बिर सहिदहरु प्रति कृषि मन्त्रि साहले फुलमाला र मम्बती बालेर शोक व्यक्त समेत गर्नु भयो।

त्यस्तै उद्घाटन सामरोहमा उपस्थित हुने बिभिन्न पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा उद्घाटन सम्पन्न भयो ।

वाडा न. ६ का अध्यक्ष् श्री बहादुर सदा   , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष पालिका प्रमुख लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।