मधेशटप डेस्क,

सप्तरी  : शम्भुनाथ  नगरपालिका वडा न.१२ कुुशहा (सप्तरी)  स्थितराजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा,सप्तरीमा  साइकल बितरण गरिएको छ ।बिहीबार भएको एक  समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ८ तह अध्यनरत श्री राजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा सप्तरीमा ३४ जना छात्राहरुलाई  प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  साइकल बितरण गरिएको छ।

सोहि क्रममा  शम्भुनाथ  नगरपालिका वडा न.१२ का वडा अध्यक्ष लक्ष्मी साहले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत बताउनु भयो ।

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्रि भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ साथ् साथै शिक्षामा अझ  वृद्धि गर्नुपर्ने  बताउनु भयो।

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो ।

शम्भुनाथ  नगरपालिका वडा न. १२ का वाडा अध्यक्ष् लक्ष्मी साह  सहित , प्रधानअध्यापक धर्मदेब साह लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।