काठमाडौं :  काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।

शुक्रबार राति दुई बजेदेखि नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरीले जानाएको छ ।

१९ वटा पानी ट्याङ्कर र ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जनाएको छ । आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

आगलागीको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।