काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज पहिलो चरणको खोप काठमाडौं आइपुगेको छ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप बोकेर कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई चरणमा आज र भोलि ८ लाख डोज खोप नेपाल आइपुग्नेछ र बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ।

सरकारले कोरोनाविरुद्ध भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय यसअघि नै गरिसकेको छ । खोपकाे दोस्रो मात्रा १२ साताभित्र लगाउनुपर्ने भएपनि भारतबाट खरिद गरेको खोप उपलब्धमा ढिलाई हुने भएकाले वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरिएको हो ।