• विरेन्द्र साह

जनकपुरधाम । धनुषा स्थित जिल्ला भन्सार कार्यालयको परिसरमा पाँच वर्षदेखि थन्किरहेको सवारी साधनको लिलामी प्रक्रिया थालिएको छ । करिब सात सयको संख्यामा रहेका मोटरसाइकल, जीप, ट्रयाक्टर, टेम्पोलगायत सवारी साधन लिलाम गर्न लागिएको कार्यालय प्रमुख प्रमोद दासले जानकारी दिए ।

विभिन्न मुद्दामा कारवाहीमा परेका व्यक्तिहरुबाट बरामदतथाचोरीकाती सवारी साधनहरु समय मालिला मीहुनन सक्दा खिया लागेर नासिदै थियो ।

लामो समयदेखि कार्यालय परिसरमाथन्केको मध्ये अधिकांस सवारीसाधनपानी र घामले कामै नलाग्नेगरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुनेगरी तत्काल लिलामी प्रक्रिया थालिएको कार्यालय प्रमुख दासले बताए ।

भन्सार छलेर सामान ल्याउने, नियम विपरित लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्नअपराधिक मुद्दामा संलग्नतथा चोरीका सवारी साधनहरु जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।

लिलामीप्रक्रिया झन्झटिलो हुने हुँदा अघिल्ला कार्यालय प्रमुखहरुले पहलनगर्दा वर्षौदेखि सवारीसाधनहरु कार्यालय परिसरमाथन्केका छन् ।

उक्त सवारी साधन लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको हो । यसकालागि सवारी साधन लिलाम सम्बन्धी सूचना सोमबार गोरखापत्रमा प्रकाशित गरिसकेको दासले बताए ।