मधेशटप,

जनकपुरधाम :  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय समिति सदस्य एवम्  प्रदेश-२ भूमि व्यवास्था कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र प्रसादको हजुरबुबा(दादा जी )   निधन भएको छ ।

सप्तरी जिल्लाको विष्णुपुर_गाउँपालिका वडा नम्बर ५ निवासी धनीलाल  साहको १०७ वर्षको उमेरमा साउन  २५ गते भएको निधन प्रति दुःख प्रकट गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)  एक शोक बक्तव्य जारी गरेको छ ।

केन्द्रीय कार्यलय प्रमुख  प्रकाश अधिकारीद्वारा  जारी वक्तव्य मार्फत जसपाले मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली प्रकट गरेको छ ।

यस कठिन घडीमा शोकलाई सहन गर्ने शक्ति प्रदान गर्न भगवान सँग प्रार्थना गर्दै स्वर्गीय साहको परिवारमा भएको अ गहिरो दुःख व्यक्त गरिएको जारी समवेदना वक्तव्यमा भनिएको छ ।