काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए ।