जनकपुरधाम : प्रदेश सरकार  प्रदेश-२ भूमि व्यवास्था कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र प्रसादको हजुरबुबा(दादा जी )  निधन भएको छ ।

प्रदेश न. २ का प्रदेश प्रमुख मा. राजेश झा अहिराज ज्यूले विष्णुपुर गाउँपालिका वडा नम्बर ५ साहको जन्म स्थान गएर कृषि मन्त्रि साहसंग भेटघाट समेत गर्नु भयो ।

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ निवासी धनीलाल  साहको १०७ वर्षको उमेरमा साउन  २५ गते भएको निधन प्रति दुःख प्रकट गर्दै मा. प्रदेश प्रमुख राजेश झा अहिराजद्वारा  एक शोक बक्तव्य जारी गरेको छ ।

प्रदेश प्रमुख अहिराजद्वारा  जारी वक्तव्य मार्फत  मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली प्रकट गरेको छ ।

यस कठिन घडीमा शोकलाई सहन गर्ने शक्ति प्रदान गर्न भगवान सँग प्रार्थना गर्दै स्वर्गीय साहको परिवारमा भएको  दुःख व्यक्त गरिएको जारी समवेदना वक्तव्यमा भनिएको छ ।