जनकपुरधाम : धनुषाको  लक्ष्मीनियाँ गा.पा. वडा नं. ५ बनिनियाँ टोलमा भौतिक पूर्वाधार मन्त्रालयद्वारा दलितहरुका लागि जनता आवास कार्यक्रम अन्तर्गत भू. पु. भौतिक पूर्वाधार मन्त्री माननीय जितेन्द्र सोनलद्वारा ३ लाख ३२ हजारका दरले १० वटा घर निर्माणका निम्ति ३७ लाख रकम विनियोजन भएको थियो ।

रिपोर्ट : पर्मिला धनकार ।

र सो कार्यक्रममा मनोनीत सांसद माननीय चमेली देवी दासले स्वेच्छाचारी किसिमले उक्त कार्यक्रम सँग कुनै सरोकार नभएपनि कार्यक्रम सञ्चालनार्थ बनेका निर्माण समितिका अध्यक्ष विन्देशवर धनुकार लगायत शिक्षाका अभावमा रहेका सोझा दलितहरुलाइ फकाइ उक्त जनता आवास कार्यक्रमका लागि विनियोजित मेगा बैंक लक्ष्मीनियाँ शाखाका सम्पूर्ण रकम अनियमितता गरि दुरुपयोग गरेका वडा अध्यक्ष फुलगेन यादव तथा स्थानीय धनुकार तथा डोम लगायतका दलित समुदायको गुनासो रहेका छन ।

उक्त कार्यक्रमा भौतिक पूर्वाधार मन्त्रीको छुट्टै कमिशन तथा भौतिक पूर्वाधार कार्यालयका खाताधारि फुलबाबु झा,
प्रदेश प्राविधिक इन्जिनियर भोला यादव,अनुगमनकर्ता परमेश्वर साह तथा राजमिस्त्री मनोज महतो समेतका मिलोमतोमा अनियमितता भएको दलित समुदायको गुनासो रहेको देखिन्छ ।

सोही वडाका वडा अध्यक्ष फुलगेन यादव सँग सोधपुछ गर्दा वडा अध्यक्ष यादवले यी सम्पूर्ण जानकारि अवगत गराएको सँगै जनता आवास कार्यक्रमका लागि हाम्रो वडा मार्फत भौतिक पूर्वाधार मन्त्रालयमा फारम भर्न सहयोग गराएको र जमिनको उपलब्धता पनि वडा अध्यक्ष स्वयंले गराएको तर कार्यक्रम सञ्चाल हुदाँ मेरो स्वीकृति बीना नै यो कार्यक्रममा अनाधिकृत प्रभाव पर्ने गरि माननीय चमेली दासले हस्तक्षेप गरि कार्यक्रम सञ्चाल गरेको र आफूले खोजीनिती गर्दा माननीय तथा मन्त्रीगणको आन्तरिक दवाब निरन्तर आउन थालेपछि मैले निर्माण समितिका अध्यक्ष लाई समेत फरफर्छ्यौटका लागि कुनै पनि कृयाकलापमा संलग्न नहुन सचेत गराए पश्चात् भौतिक पूर्वाधार कार्यालयका प्राविधिक इन्जिनियर भोला यादव लगायत लक्ष्मीनियाँ गाउँ पालिकाका ज.स.पा. का नेताहरु समेतले दलित समुदाय लाई धम्काइ सामाजिक सुपरिवेक्षण गराएको खुलासा वडा अध्यक्ष यादवले गरायो ।

सामिजिक सुपरिवेक्षण मार्फत सम्पूर्ण दलित घरपरिवार र निर्माण समितिलाई लोभ लालच, कर काप, डर त्रास, देखाई सहिछाप लिइ फरफरा गराएको अभिव्यक्ति वडा अध्यक्ष यादवले दिनुभयो ।
हाल वर्षायाममा पानी पर्दा उक्त नव निर्मित सम्पूर्ण घरको छानो बाट अत्यधिक मात्रामा पानी चुहिने भएको हुँदा कुनै पनि घर कामै नलाग्ने रहेको जानकारी प्राप्त भएको छ ।
दलितवर्गको भनाइ अनुसार यो भन्दा राम्रो त हाम्रो अगाडि कै घर थियो कमसे कम भोकै पेट भए पनि शान्तिपूर्ण तवरले सुत्न त पाइन्थ्यो ।

तर यो घरमा सुखले बस्न नै गाह्रो भएको दुखेसो पोख्यो ।

वडा नं.५ का दलितहरुले यो गुनासो चमेली देवी दासलाइ पटक पटक गरे पनि सुन्न नखोजेको र उलटै जाइलाग्दो पाराले कराउने र वास्तै नगरे पछि सम्पूर्ण दलितवर्ग स्थानीय खबरदारीको काम गर्ने सकृय युवा सञ्जाल, धनुषा लाई गुहार्दा सञ्जालका अध्यक्ष रोशन कुमार यादवले ‘माननीय चमेली देवी दासलाई सम्पर्क गर्दा आफु बैठकमा रहेको भनेर कुनै किसिमको सूचना नै नदिन खोजेको तथा वडा अध्यक्षलाइ विग्रेका घरहरु लाई मर्मत गर्न सँगै मिलेर सम्बन्धित निकाय सँग सहयोग माग्न पटक पटक  आग्रह गरे पनि आनाकानी गरेको र यदि सहयोग नगरे पनि घर चुहिका भिडियो डकुमेन्ट्री माग्दा समेत उपलब्ध नगराएको दिनका दिन वडा कार्यालय धाए पनि मौखिक प्रतिबद्धता जाहेर गरे पनि कुनै किसिमको सहयोग नगरेका र कयौं पटक फोनमा समेत सम्पर्क गर्न नचाहेको व्यवहारले वडा अध्यक्ष कि त आफ्नै वडाका जनसमुदाय प्रति गैर जिम्मेवार रहेको कि त कुनै प्रकारको दवावको प्रभावमा रहेको वा अनियमिततामा आन्तरिक साटघाट रहेको अनुमान सञ्जालका अध्यक्ष यादवले जानकारि गराएको छ ।