जनकपुरधाम :  नागरिकताको विषयमा ज्ञापन लिएर गएको समुहलाई प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले राष्ट्रिय झण्डा उपहार दिएर पठाएका छन्।

 

 

नागरिकताको विषयमा ४ बुँदे मागसहितको ज्ञापन बुझाउन गएको रैथाने एकता परिषद नेपालको टोलीलाई उनले राष्ट्रिय झण्डा उपहार दिएका हुन्।

‘राष्ट्रिय एकता, नागरिकता र सिमा सुरक्षा सम्झौताको विषय होइन,’ परिषदका अध्यक्ष बिजय थापा नेतृत्वको समुहबाट ज्ञापन बुझ्दै प्रदेश प्रमुख अहिराजले भने, ‘रैथाने एकता सधैँ कायम राखेर देशलाई मुल निवासी कै नेतृत्व र नियन्त्रणमा हुनुपर्छ।’