मधेशटप,

महोत्तरी :  महोत्तरीको मटिहानी नगरपालिकाका १ सय ७ छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकास्थित राम माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ७ जना छात्राहरूलाई शनिबार साईकल वितरण गरिएको हो ।

कक्षा ८ मा अध्ययनरत एकसय सात छात्राहरूलाई शनिबार एक कार्यक्रमबीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले सो साइकल हस्तारन्तरण गरका हुन् ।

वडाअध्यक्ष गणेशप्रसाद साहको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, वडा नं. ६ का वडाध्यक्ष रामबाबु नायक, काँग्रेस पार्टीका प्रतिनिधि उपेन्द्र प्रसाद चौधरी, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, माओवादीका उमाशंकर साह लगायतका वक्ताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए ।