मधेशटप,

जनकपुरधाम :  हतियार देखाएर लुटपाट गर्नुका साथै महिलालाई बलात्कार गरेको घटनामा संलग्न एक अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका ८ का २७ वर्षीय शम्भु महरा भन्ने शम्भु रबिदास हुन् । शनिवार दिउँसो जनकपुरधाम १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट पक्राउ परेका उनलाई आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

घरबाट पानी लिन निस्किँदा कमला नगरपालिका ८ की एक महिलालाई पेस्तो’ल देखाएर रामचन्द्र मण्डल खत्वेसमेतको समूहले पालैपालो बला’त्कार गरेको प्रहरीको भनाइ छ । उक्त समूहले महिलाले लगाएको गरगहना समेत लुटपाट गरेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान पश्चात संलग्नहरुमाथि हातहतियार, डाका र जबरजस्ती करणी मुद्दाको मिसिल जिल्ला अदालतमा पेश गरिसकेको छ । संलग्न व्यक्तिलाई अभियुक्तहरुको पनि खोजी भइरहेको प्रहरीले बताए  ।