जनकपुरधाम :  धनुषा जिल्लाको गनेशमान चारनाथ नगरपालिका वाडा नं. ११ कि अन्दाजी १० वर्षिय  बन्दना सदाकी  खुट्टामा भएको गहिरो घाउको उपचार हाल जनकपुरको एसपी अर्थो हस्पिटलमा फ्रीमा हुदैछ।

उपचारकै क्रममा सदाकी शरिरमा रगतको मात्र एकदमै कम भएको कारणले गर्दा घाउ निको हुनमा  समस्या हुने भएकोले डा.को सल्लाह  सुझाब अनुसार तुरुन्तै रगत चढाउनु पर्ने भएको हुँदा। राम उदगार यादवको टिमले  रगत उपलब्ध गर्नुहुने माहानुभावहरुको लागि अपिल समेत  गरेको थिए ।

मेरो अपिललाई स्वीकार गर्दै हेल्प मधेशी नेपालकी केन्द्रिय कोषाध्यक्ष फुल कुमारी यादवले एक पोका रगत पिडित बिरामी नानी बन्दना सदालाई डोनेशन गर्नु भएको छ।त्यस्तै असहाय संरक्षण मंचको अध्यक्ष बैधनाथ साह जि को पहलमा नेपाल रेडक्रस क्लसोसाइटीबाट एक पोका रगत उपलब्ध गराइ दिनु भयो।

समाजसेवी  बैधनाथ साह जि ले यस्ता पिडितहरुका लागि सधै प्रसंनिय कार्यहरु गर्दै आइरहनु भएका छ्न।त्यसतै एसपी  अर्थोका संचालक डा.संजय साह ज्युलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।यहाको साथ र सहयोगले गर्दा आज यी सदाकी  उपचार गराउनु अति नै सजिलो भएको छ।

त्यस्तै प्रगतिशील युवा संजाल डुमरीयाकी कोषाध्यक्ष अन्जना यादव जि को पनि निकै सक्रियता छ। सदालाई अस्पतालमा ल्याउने लग्ने र आवश्यक सामाग्रीको बारेमा यहाँले नै जानकारी गराइ ठाउँ-ठाउँमा जाने कार्यहरू गर्नु समेत बताए । यो सदाकी  उपचार गराउनमा यहाँको पनि ठुलै भुमिका छ।

यादवले  धन्यवाद दिदै  सम्पुर्ण सहयोगि सेवक साथिभाइहरु जो भौतिकरुपले नेपालमा नभए पनि मन र धनले यस्ता पिडितहरुलाई सधैं सहयोग गर्दै आइ राख्नु भएको छ। साथै एक बर्षदेखि  थला परेको थियो, हेल्प मधेशिको  पहलमा  उपचार हुदै छ ।