सिरहा : सिरहाको नवराजपुर गाउँपालिकामा स्कुटर वितरण ‌‌मन्त्री विजय कुमार यादव द्धारा स्कुटर वितरणगरिएको छ ।

एक समारोहबीच प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संसदिय विकाश कोष द्धारा पुर्ण अपांगहरुलाई स्कुटर वितरण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता नवराजपुर गाउँपालिकका जसपा नेता शिव उदगार यादव गरेको थियो भने प्रमुख अतिथिमा मन्त्री विजय कुमार यादव रहेको थियो ।

उक्त कार्यक्रमा तिन जना शत्रुधन यादव,दिपेश कुमार यादव र पुलकित राई लाई मन्त्री यादवले स्कुटर हस्तान्तरण गरिएको छ ।

मन्त्री यादवले नवराजपुर गाउँपालिका अनर्तगत विगतमा भएका विकाश योजना निमार्ण लाई अनुगमण साथै जनताको समस्या बुझदै आगामी दिनमा विकाशको लागी प्रतिबद्वता समेत गरिएको जसपा नेता शिव उदगार यादवले जानकारी दिएको छ ।