मधेशटप,

जनकपुरधाम :  डिभिजन वन कार्यालय सिरहा माथि छानवीन लगायत पाँच बुंदे मागसहित आमरण अनसनमा बसेका दुई जना मध्ये पर्सा निवासी रानी रायको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

आमरण अनसनको चौथो दिन आइतबार रानी रायको अवस्था नाजुक भएपछि प्रादेशिक अस्पताल जनकपुरधाम सक्रिय भएको छ । चार दिन पश्चात अन्न र पानीको कमीले स्वास्थ्य अवस्था विग्रेपछि प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा.प्रमोद यादवको नेतृत्वमा आएको टोलीले उपचार गर्दै २४ घण्टा निगरानीमा राख्ने प्रतिवद्धता समेत जनाए ।

अस्पतालका मेसु डा.प्रमोद यादवले आमरण अनसनमा बसेकि महिलाको अवस्था गम्भीर भएको भन्दै सामाजिक अभियन्ता सरोज रायबाट खवर पाउना साथ आफना टिमका साथ अनसन स्थलमा आएको र यहा स्वास्थ्य अवस्था हेर्दा महिलाको अवस्था अहिले नाजुक भएको बताए ।

उनलाई स्लाईन पानी चढाउनुपर्ने अवस्था देखिएकोले तत्कालका लागि साधारण उपचार गरिएको र अनसनको दिन बढ्दै जादा झनै खराव हुने भएकोले प्रादेशिक अस्पतालले आफनो निगरानीमा राख्ने उनले बताए । यता प्रदेश सांसद परमेश्वर साह अनसन स्थल पुगरे आन्दोलन प्रति एक्यवद्धता जनाएका छन् ।

उनले अनसनप्रति तत्काल गम्भीर हुन प्रदेश सरकारलाई आग्रह समेत गरे । उनले भने हामी संघीय सरकारमाथि आरोप लगाउछौ तर अहिले प्रदेश सरकारले चार दिन हुदा पनि ध्यानाकर्षण समेत नुहुनु दुखद रहेको बताए ।

अनसनकारीहरुको माग तत्कालै पुरा गरी अनसन समाप्त गर्न उनले आग्रह गरे । विगत १५ दिन देखि आन्दोलनरत चुरे अभियानीहरु बिहीबारदेखि आमरण अनसन बसेका छन् । मारुती सिमेन्टले कव्जा गरेको जग्गा फिर्ता लगायतका पांच वुंदे माग सहित चुरे तथा वनजंगल संरक्षण अभियानले आन्दोलन गर्दै आएको छ ।