वीरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियारको हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । दुई घण्टापछि थप जानकारी दिइने समेत बताए ।