काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब कायम राखेको छ ।

आफू नेतृत्वको सरकार हुँदा गठन गरिएको भूमिसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको आयोग खारेज गरेकोमा एमाले रुष्ट रहेको छ ।

यही क्रममा सोमबार एमाले निकट युवा सङ्घले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।