जनकपुरधाम । विभिन्न पांच वुंदे मागसहित जनकपुरधामको जनकचौकमा पांचदिन देखि आमरण अनसनमा बसेका अनसनकारीहरुको स्वास्थ्य अवस्था गम्भीर वनेको छ । आइतवार अनसनकारी अवस्था नाजुक वनेको भन्दै प्रादेशिक अस्पतालले जनकपुरधामले सक्रियता देखाएपछि प्रदेश सरकारको समेत ध्यानाकषर्ण भएको छ ।

सोमवार विहान प्रदेशका उद्योग वन तथा वातावरण मन्त्रालय बाट कार्यालयका सूचना अधिकारी वेचन कुमार महतो सहितको दुइजनाको टिम अनसनस्थलमा पुगेर पांचवटा वुंदा मध्ये चारवटा वुंदा पुरा गर्न सरकार तयार रहेको भन्दै अनसन तोडनका लागि आग्रह गरेको थियो ।

तर चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार सरोज रायले लिखितरुपमा कानुनसम्मत रुपले मन्त्रालयले पहल गरे अनसन तोडन तयार हुने वताए ।

यता सरकारसंग वार्ता गर्नका लागि अनसनकारीको तर्फबाट सरोज रायको अगुवाई चार सदस्यीय वार्ता टोली गठन भएको छ । वार्ता टोलीले मंगलवार सरकारसंग वार्ता गर्ने भएको छ ।

सरोज रायका अनुसार मन्त्रीमण्डलस्तरिय लिखितरुपमा माग पुरा गर्न सरकार तयार भए अनसनकारीहरुले अनसन तोडने वताए । यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले चुरे विनाश रोक्नका लागि विगत पांच दिन देखि आमरण अनसनमा वसेकाहरुको प्रति गम्भीर हुन प्रदेश सरकारलाई आग्रह गरेको छ ।

सोमवार अनस्थलमा पुगेर आमरण अनसनप्रति एक्यवद्धता जनाउदै मेयर साहले चुरे मधेशको लाइफलाईन भएकोले जायज माग पुरा गर्नका लागि अति पनि विलम्व गर्न नहुने वताए ।

चुरेको विनाशक्रम जारी रहेकोले यस प्रति आवाज उठाउनका लागि आमरण अनसननै बस्नुपर्ने कुरा हुनु प्रदेशकै लागि लाजको विषय भएकोले आमरण अनसनमा बसेकाहरुले उठान गरेका पांचवुंदे माग यथासिघ्र पुरा गरि ज्यान रक्षाका लागि आग्रह गरे ।

विगत पांच दिनदेखि आमरण अनसनमा वसेका चुरे तथा वनजंगल संरक्षण अभियानका सहसंयोजक रानी राय र धनुषा संयोजक अमन यादवलाई प्रादेशिक अस्प्ताल जनकपुरधामले आफनो निगरानीमा राखेको छ । अस्पतालका इमरजेन्सी शाखाले दुवैजनाको अवस्थाको वारेमा जानकारी लिदै आएका छन ।