बारा । बाराको सिम्रौनगढ नगरपालिका ८ का वडाध्यक्ष निधन भएको छ ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ८ का वडाध्यक्ष दामोदर जयसवालको आज निधन भएको हो ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय वडाध्यक्ष जयसवालको निधन भएको छ ।

उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको २ छोरा, एक छोरी र श्रीमती छन् ।