सप्तरी । देशमा थप ३ हजार २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गरारहेका छन् ।