बिरगंज :  “नेपाल मास्क अभियान” अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा माक्स बितरण गरेको छ ।

आज मंगलवार बिहान ०९:३० बजेको समयमा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत “नेपाल मास्क अभियान” कार्यक्रम ग्रिनसिटि सामुदायिक सेवा केन्द्र पर्सा, ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र पर्सा, प्रहरी चौकी आदर्शनगर पर्सा र GYANDA ACADEMY BIRGUNJ को संयुक्त आयोजनामा जिल्ला पर्सा विरगंज महानगरपालिका वार्ड नम्वर १० आदर्शनगर एरियामा सर्वसाधारणलाई १००० (एकहजार) पिस मास्क वितरण गरिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भयो।