जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अत्यधिक फोहोर बनेपछि स्थानीयवासीलाई कठिनाई  सुरु भएको छ ।

फोहोर व्यवस्थापन गर्न पटक पटक जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएपछि फोहोरकै  थुप्रोहरुमा राख्न थालेको बताएका छन् ।

जनकपुरको पिरारि चोक स्थित फोहोर ब्यवस्थापनको नाऊमा पर्सनल कमिशन बन्द गर । भ्रष्टाचार बन्द गर । स्थानीय सरकार मुर्दाबाद ।

कर्मचारीको लापरबाही र जनप्रतिनिधिको बेवास्ताका कारण जनकपुरधाम फोहोरले कुरुप बनेको छ । यहाँका मेयर लालकिशोर साहले फोहोर फाल्ने ‘डम्पिङ साइट’का लागि हरेक वर्ष बजेट विनियोजन गरेपनि निर्माण गराउन सकेका छैन ।