काठमाडौं : महन्थ ठाकुर पक्षका नेता एवं साँसद उमाशंकर अरगरियाले नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक) ठूलो पार्टी बन्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका अरगरिया निर्वाचन आयोगमा दल दर्ता गराउन पुगेका बेला सो कुरा बताएका हुन् । उनले आफूहरूको जनाधार ठूलो भएको दावी समेत गरेका छन् ।

उपेन्द्र यादवले जसपामा निरंकुशता लादिएको आरोप समेत लगाए । उनले भने, ‘कसैलाई सांसद, मन्त्री बनाइदिन्छु भनेर लोभ देखाइएको छ । कसैलाई कारवाही गर्ने धम्की दिएका छन् ।’

उनले कार्यकर्तालाई डर देखाएर होइन्, सामूहिकतामा पार्टी चल्ने गरेको बताए । धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित अगरियाको मधेसमा ठूलो पक्कड रहेको छ । टुडेखोज