एजेन्सी : निर्वाचित भएको चार बितिसक्दा समेत केहि विकासे काम नगरेको भन्दै भारतको विहार राज्यमा एक वडाध्यक्षलाई विजुलीको पोलको बाँधेर घाममा तताएका छन् ।

मधुवनी ज्ल्लिाको मोहनिया नगर पञ्चायतका नगरपरिषद वडा नं. १५ का वडाध्यक्ष इम्तियाज अंसारीलाई स्थानीय बासिन्दाहरुले पोलमा बाँधेर घाममा तताउने सजाय दिएका हुन् ।

वर्षाको मौसममा बाटोमा हिड्न कठिनाइ भएकोले वडाध्यक्षलाई पोलमा बाँधेर घममा तताउने सजाय दिएको स्थानीयको भनाइ छ ।
उनलाई पोलमा बाँधेर घाममा तताएको जानकारी स्थानीयबासिन्दाले नगर पञ्चायतका अध्यक्षसहित अन्य जनप्रतिनिधिलाई दिएको जनाइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण वर्षा याममा नागरिकले सास्ती भोग्नु परेको छ । पैदल समेत हिड्न समस्या भएपछि स्थानीयले वडाध्यक्षलाई विजुलीको खम्बामा बाँधेर सजाय दिएको हो ।