विराटनगर । निषेधाज्ञा खुकुलो भएसँगै केही साता यता विराटनगरमा बढेको अत्याधिक भीडभाडका कारण कोरोना संक्रमण दर पनि बढेको छ । बुधबारसम्म मात्र सक्रिय संक्रमितको संख्या बढेर २६३४ पुगेको छ ।

प्रशासनले जनजिवन पनि चलायमान र सहज बनाउन निषेधाज्ञालाई खुकुलो बनाएको छ । तर, सवैले स्वास्थ्य मापदण्ड पालना नगरिदिँदा संक्रमण फेरी बढ्न थालेको हो ।

निषेधाज्ञा खुकुलो बनाइए यता बढेको भीडभाड र लापरवाहीका कारण संक्रमण दर उच्च बन्दै गएको हो । पछिल्लो समय कोभिड अस्तालहरुमा संक्रमणका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । सरकारले कोरोनाको तेस्रो लहर सुरु हुने भन्दै सोही अनुसार तयारीमा लाग्न सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको छ ।

तर, तेस्रो लहर सुरु नहुँदै यतिबोला कोभिड अस्तालहरु पुनः संक्रमित विरामीहरुका कारण भरीन थालेका छन् । यतिबेला बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म प्रशासनले आवश्य मापदण्ड अपनाएर बजार पशल खुला गर्न अनुमति दिएको छ ।

तर, विस्तारै स्वास्थ्य मापदण्ड पालना हुन छाड्दै गएपछि भने संक्रमण तीब्र गतिामा फैलने जोखिम थप बढ्दै गएको छ । विराटनगर बजारमा हाल जताततै अत्याधिक भिड देख्न सकिन्छ ।

साँझ ६ बजेपछि भने बन्द हुने भएकाले सुनसान हुन्छ । यतिबेला विराटनगरमा धेरैले मास्क समेत लगाउन छाडेका छन् भने सामाजिक दुरी समेत कायम हुन छाडेको छ ।

बजार पसल खुल्ला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता नअपनाउँदा कोरोना संक्रमण बढेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मेसु दासले कोरोना संक्रमण बढ्दै गएका कारण अस्पतालहरुमा बेडहरुको समेत अभाव हुन थालेको बताए ।

चिकित्सकहरुले निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमणबाट बच्न अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव दिएका छन् । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. लक्ष्मिनारायण यादवले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सवैलाई थाहा भएपनि पालना नगर्ने गरेको बताए ।

उनले बजार पशल वा सार्बजनिक स्भानमा भीडभाड भएपनि सतर्कता अपनाउनुपर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव दिए ।

विराटनगरमा कोरोना संक्रमणका कारण हालसम्म १६७ जनाको मृत्यु भइसकेको छ ।