पर्सा । ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट उक्त गहना सहित १ जनालाई प्रहरीले पक्राउ गरेका हो ।

प्रसौनी गाउँपालिका ६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।