सप्तरी । देशमा थप ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २,३२१ जना र ४,४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ गरी ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।