जनकपुरधाम : महोत्तरीमा भारतबाट ल्याउँदै गरेको दुधालु भैँसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छलि गरी ल्याउँदै गरेकाले ब्याएको दुधालु भैँसी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहीबार बिहान सवा १० बजेको समयमा जिल्ला महोत्तरी मनरासिस्वा नगरपालिका ९ बथनाहा स्थित भारतबाट नेपाल तर्फ ल्याउदै गरेको दुधालु भैँसी पाडी सहित नियन्त्रणमा लिएको हो ।

सो भैँसीको मूल्य करिब एकलाख रुपैयाँ रहेकाले आवश्यक कारवाहीको लागी जलेश्व भंसार कार्यालय मलिवारा पठाउने प्रक्रिया भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।