सप्तरी । देशमा थप ३ हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २,०७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।