सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा २ हजार २४४ जना निको भएका छन् ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ भने ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।