सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।

छिल्लो २४ घण्टामा दुई हजार ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९५ हजार ९१२ पुगेको छ ।अहिलेसम्म ९३।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।