सर्लाही :  सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्. ।

सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।