जनकपुरधाम : धनुषाको ढल्केबरबाट नेपाल विधुत प्राधिकरणको तामा तार चोरि गर्ने एक चोर प्रकाउ परेको छ भने चोरीमा संलग्न १२ जना फरार भएका छन्।
धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर बाट शुक्रबार राती करिब १:३० बजेको समयमा नेपाल विधुत प्राधिकरण केन्द्रिय प्रसारण निर्देशनालय ढल्केबर नजिकै १०/१२ जना व्यक्तिहरु शंकास्पद रुपमा हिडिरहेको र प्रहरीलाई देख्ने बित्तिकै धमाधम हिडेर भाग्न खोजिरहेको लगत्तै इलाका प्रहरी कार्यालय ढल्केबरले एक जान लाई ह्याक्सो ब्लेड सहित नियन्त्रणमा लिएको छ।
प्रकाउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं -१२ घर भई हाल धनुषाको मिथिला नगरपालिका वार्ड नं- ७ बस्ने ३७ वर्षीय मनिराज परियारलाई ह्याक्सो ब्लेड सहित नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरु पटक पटक विधुत प्राधिकरण कार्यालयमा तामाको नांगो तार चाेरी गरेको २ सय ८६ किलो तामाको नांगो तार हालको ३ लाख बराबरको नांगो तामाको तार चोरी गरी ढल्केवरस्थित एमके मेटल स्टोरमा विक्री गरेको खुलेकोमा पसलको खानतलासी गर्दा चोरीको सम्पूर्ण तार बरामद भएको हो ।
प्रहरीले तार बरामद भएको एमके मेटल स्टोर ढल्केवरका सञ्चालक धनुषाको मिथिला नगरपालिका वडा नं ६ बस्ने ६९ बर्षीय नन्द किशोरलाई समेत पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट परियारसँगै अन्य १२ जना समेत गरी तामाको तार चोरी गर्न हिडेको पाइएको १२ जना भने फरार भएका छन् । चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
Discussion about this post