जनकपुरधाम :  प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मधेशको ‘हिरो’को संज्ञा दिएका छन् ।

उपेन्द्र यादव मधेश र मधेशी जनताको अधिकार एवं पहिचानका लागि विगतमा भएको मधेश आन्दोलन, मधेश जनविद्रोह लगायत विभिन्न आन्दोलनको नेतृत्वकर्ता अध्यक्ष यादव मधेशको हिरो नै रहेको राज्यमन्त्री यादवले दाबी गरेका हुन् ।

एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उनले मधेशको परिवर्तनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव मधेश जनक्रान्ति गरिरहँदा मधेशकै अर्का नेता महन्थ ठाकुर, राजेन्द्र महतो मधेशको मुद्दालाई विर्सेर सरकारमा सहभागी भएको बताए ।

मधेशको सबैभन्दा बढी एजेण्डा बोक्ने र अधिकारका लागि सबैभन्दा बढी आन्दोलन गर्ने नेता एकमात्र उपेन्द्र यादव नै रहेको उनले बताए । पार्टी अध्यक्ष यादवको नेतृत्वमा भएको जनविद्रोह, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनको बलमा नै मधेशवादी दलको प्रदेश २ मा सरकार बन्नुका साथै सरकारी सेवामा पनि मधेशीले स्थान पाएको उनले बताए ।

समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले जसपा फुटेको नभई केही मानिस जसपाबाट अलग मात्र भएको बताए । पार्टीमा हुँदा महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले पार्टीको नीति, सिद्धान्त र निर्देशन विपरितका कार्यहरु गर्नथालेपछि पार्टीले उनीहरुलाई अनुशासनहीनताको कारवाही गर्दै पार्टीबाट निकालिएको उनले बताए ।

पार्टी गोजी र बोलीबाट चल्न नसक्ने उदाहरण दिदै मन्त्री यादवले पार्टीको विधान, सिद्धान्त, नीति, निर्देशन एवं सामुहीक निर्णयको आधारमा पार्टीलाई सञ्चालन गर्नुपर्नेमा त्यसको ठिक विपरितका कार्यहरु गर्न थालेपछि ठाकुर, महतो लगायतका नेतालाई पार्टीले कारवाही गरेको उनले प्रष्ट पारे ।

अनुशासनहीनताको कारवाहीमा परेका ठाकुर महतो समुहले पछि पार्टीको आधिकारीकता समेत गुमाएकोले बाध्य भएर अहिले नयाँ पार्टी खोलेको उनले बताए ।

पार्टीबाट ठाकुर, महतो, शरतसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु अल्गिए पनि जनता समाजवादी पार्टीलाई कुनै फरक नपर्ने उनले बताए । जनता समाजवादी पार्टी नेपाल मधेशी जनताको आशाको केन्द्र विन्दु रहेको उनको ठम्याई छ ।

प्रतिगमनका मतियार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि साथ दिरहने मानसिकता बोकेका कारण महन्थ ठाकुरले नेपालकै इतिहासमा पहिलो पटक मधेशीले प्रधानमन्त्री बन्ने अवसरलाई समेत गुमाएको उनले बताए । ओली मोहका कारण ठाकुरले प्रधानमन्त्री बन्ने सम्भवनालाई समेत लत्याएको र मधेश विरोधी ओलीको पद जादासम्म समेत उनलाई साथदिनबाट पछि नहटेको उनले टिप्पणी गरे । आजको जनकपुरटुडे दैनिकमा छापिएको छ ।