काठमाडौं । सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको फस्ट लुक लिक भएको छ ।

चलचित्रको सुटिङ रुसमा भइरहेको छ । छायांकन भइरहेको सेटबाट सलमानको लुक लिक भएको हो । केहीदिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो ।

लिक भएको सलमानको लुकमा उनी अहिले सम्मकै भिन्न अवतारमा देखीएका छन् ।लामो दाह्री र जुंगामा देखिएका उनी यसअघिका चलचित्रमा भन्दा फरक अवतारमा देखिएका छन् ।

चलचित्रको सेटबाट सलमानको लुक कसले सार्वजनिक गरेको हो भन्ने विषयमा अहिलेसम्म निर्माण टिमले बोलेको छैन । सार्वजनिक भएको केहि समयमै उनको लुक भाइरल भएको छ ।-एजेन्सी