रौतहट । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटका एकजनाको भारतमा गोली प्रहार गरी हत्या भएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारत बिहार राज्यको मोतिहारीमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

रौतहटमाहत्या, अपरहण, डकैती जस्ता विभिन्न अपराधमा संलग्न ४५ वर्षीय सहनी लामो सयमदेखि नेपाल प्रहरीको खोजीको सूचिमा थिए । वसन्तपट्टी गाविसका पूर्वअध्यक्ष जोगिन्द्र सहनीका लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए ।

शुक्रवार विहान बिहारको मोतिहारी जिल्लाको पूर्वीचम्पापुर बखरी नजिकै मोटरसाइकलमा हिँडिरहेका बेला सहनीलाई गोली हानेर हत्या गरेको तस्बिर सार्वजनिक भएको छ । उनलाई जिल्ला अदालत रौतहटले एउटा मुद्दामा जेल सजायको समेत फैसला गरिसकेको छ ।