सप्तरी । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।