काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको जनाइएको हो ।

कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ ।

निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्ने जनाइएको छ । बैठकको सिफारिसअनुसार निर्णय हुने जनाइएको छ ।

हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष छ । त्यसैले यो नियमलाई निरन्तरता दिने प्रशासनको तयारी छ । अन्य प्रावधानमा खासै फेरबदल नहुने स्रोतले बताए ।