जनकपुरधाम : प्रदेश न  २ का  आन्तरिक मामिला तथा  सञ्चारमन्त्री भरतप्रसाद शाहले पुर्ण जीवन नेपाल सुधार केन्द्रको अनुगमन गरेका छन् ।

मन्त्री शाहले सोमबार साँझ धनुषास्थित सुधार केन्द्रको अनुगमन  गरेका हुन् । सो क्रममा उनले सुधार केन्द्रका सञ्चालकसँग सुधार केन्द्रको अवस्था, लागू औषध नियन्त्रणबारे छलफल गरेका थिए ।

अनुगमनको क्रममा मन्त्री शाहले प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । साथै उनले कुलतमा फसेका नागरिकहरुको व्यवस्थापन गर्ने बताए ।

सुधार केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेले सुधार केन्द्रको अवस्थाबारे जानकारी दिएका थिए । लागू औषध नियन्त्रणका लागि पहल गरिदिन निर्देशक पाण्डले मन्त्री शाहलाई आग्रह गरेका थिए ।