एजेन्सी : कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । पानीपुरी खानेमा  लत नै परेको हुन्छ कसैलाई ।

तर स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ ।

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो ।

भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ ।