सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका स्थित थापागाउँ भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाईते भएका छन ।

ठोकर्पाबाट काठमाण्डौका लागी छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका ३ स्थित थापागाउँमा दुर्घटना हुँदा २० जना घाईते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

घाईतेमध्ये १५ जनाको धुलिखेल अस्पताल र अन्य २ जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भैरहेको छ । अन्य २ पुरुष भने बसभित्रै च्यापिएको बताईको छ ।

घटनाको थप बिवरण आउन सकेको छैन ।