जनकपुरधाम :  मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १३ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १३ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जिन्दगीको भारी बोक्दा बल्ल थाहा भयो कि स्कुलको झोला त धेरै नै हलुको हुदो रैछ भनेर ।

२. भनिन्छ नि ठुलो घरको छतबाट शहर देखिन्छ, तर कसलाई के थाहा , झुपडीको आगनबाट संसार देखिन्छ भनेर ।

३. संसारमा कोहि मानिस गलत हुदैन, किनकि सत्यको परिभाषा हरेक व्यक्ति संग फरक हुने गर्दछ ।

४. जीवन बाच्न सिक्दै हुनुन्छ भने, सबै व्यर्थ छ किनकि जीवन भनेको त बाच्दा चाच्दै जानिने र बुझिने कुरा हो ।

५. जीवन भनेको नम्रताको एक पाठ हो, जहाँ जीवनको द्वार सिधा हुन्छ र जीवनको मार्ग एकदमै घुमाउरो हुन्छ ।

६. शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होइन, गाउँको झुपडीको आँगनमा जन्मिएर थाङनामा हुर्किएकालाई सोध्नु, जिन्दगीको अर्थ के हो भनेर ।

७. हरेक मान्छे बिक्छ यहाँ, को कतिमा बिक्छ यो उसको बाध्यताले तय गर्दछ ।

८. यो दुनिया पनि कति स्वार्थि, मरेपछि जसले जलाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ ।

९. जीवनको एक क्षण करोडौ स्वर्ण मुद्रा दिएर पनि पाउन सकिदैन ।

१०. गीतामा लेखिएको छ, निराश नहौ, कमजोर तिमी होइन, तिम्रो समय हो ।

११. बिस्वास पनि इरेजर जस्तै रहेछ, हरेक गल्ति सगै सानो हुदै जाने ।

१२. मन्दिरमा पसेर मान्छेले झुट बोल्न सक्छ तर भट्टीमा पसेर कहिल्यै झुट बोल्दैन ।

१३. मानिसहरु ढुंगालाई यस कारणले पुज्ने गर्छन् कि, यो संसारमा बिस्वास गर्न लायक अरु कोहि भेटिदैनन् ।