सर्लाही । सर्लाहीबाट पेस्तोलसहित दुई जन पक्राउ परेका छन् ।

सर्लाहीबाट पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागमती नगरपालिका–८ गाजलीचोकका तारा बहादुर तामाङ र बरहथवा नगरपालिका–५ का अकबर अन्सारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले बजारमा चेकजाँचका क्रममा पेस्तोलसहित दुबैजनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट पेस्तोलसँगै त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख डीएसपी उद्धव भाटले जानकारी दिए ।

बीआर ३० जे ३०८० नम्बरको भारतीय मोटरसाइकमा बायाँतर्फको लेगगार्डमा झोलामा झुण्याएर राखेको अवस्थामा उनीहरूको साथबाट पेस्तोल बरामद गरिएको डीएसपी भाटले बातए ।

पक्राउ परेकामाथि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको छ